मंसिर ०६, २०८१, बिहीबार
               

भारतमा एकैदिन थपिए करिब २० हजार संक्रमित

एजेन्सी
असार १४, २०७७

ADVERTISEMENT

भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । भारतमा लगातार नवौं दिन कोरोनाका १४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पनि १६ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण १६ हजार ९५ जनाको मृत्यु भइसकेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ५९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार २७३ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ८० हजारभन्दा धेरै संक्रमित देखिइसकेका छन् । त्यहाँ दुई हजार ५५८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा पनि ७८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६४९ जनाको मृत्यु भइसकेको छ ।

पश्चिम बंगालमा पनि अहिलेसम्म १६ हजारभन्दा धेरै संक्रमित देखिएका छन् भने ६२९ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा पनि करिब नौ हजार संक्रमित भेटिएका छन् । बिहारमा ५९ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख नौ हजार ७१३ संक्रमित डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि