अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को महामारीकै बीच अर्को विपद् आइपरेको छ । अमेरिकाका दुइ वटा राज्यमा सामुद्रिक आँधी प्रवेश गरेको छ ।
हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगस्थित पड्री टापुमा शनिबार बज्रिएको बीबीसीले उल्लखे गरेको छ ।
आँधीले अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल सहरबीचमा प्रभाव पारिरहेको बताइएको छ । अधिकारीहरूले त्यस भेगमा घातक आँधी र ठूलो वर्षा आउने चेतावनी दिएका छन् ।
प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरका छानाहरु उडाइदिएको छ ।
न्यासनल हुरिक्यान सेन्टर (एनएचसीले) घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलिने भन्दै स्थानीयलाई सचेत गराएको छ ।
यस्तै डोग्लास नामको अर्को सामुद्रिक आँधी प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको एनएचसीले जानकारी दिएको छ ।
आँधीले ह्युस्टन क्षेत्रको धेरैजसो भाग छोएर जाने बताइएको छ । तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिम रहेकाले घर छाड्न भनिएको छ र साथमा मास्क नछुटाउन सुझाव दिइएको छ ।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्नो प्रशासनले यस विषयमा दुवै राज्यसँग समन्वय गरी सुरक्षा तथा उद्धारको काम गर्ने जानकारी दिएका छन् ।
My Administration is closely monitoring Hurricane Douglas off Hawaii & Hurricane Hanna, which has now made landfall in Texas. We continue to coordinate closely with both states — listen to your emergency management officials @Hawaii_EMA & @TDEM to protect your family & property! https://t.co/tFxHLSqcBE
— Donald J. Trump (@realDonaldTrump) July 25, 2020