हङकङमा सोमबारदेखि अनिवार्य मास्कको नियम लागू भएको छ । मास्क प्रयोग नगर्नेलााई पाँच हजार (हङकङ डलर) जरिवाना हुने भएको छ ।
हङकङकका मुख्य सचिव म्याथ्यु चिउङले अनिवार्य मास्कको नियम लागू गरेका हुन् ।
यसैबीच, हङकङमा सोमबार हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
सोमबार यहाँ १ सय ४० कोरोना संक्रमित थपिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
दुई हप्तायता हङकङमा दैनिक धेरैको संख्यामा कोरोना संक्रमित थपिरहेका हुन् ।
सोमबार एकैपटक १ सय ४० कोरोना संक्रमित थपिएसँगै यहाँका रेस्टुरेन्टमा बसेर (बुधबारदेखि) खाना तथा खाजा खान नपाइने नियम समेत लागू गरिएको छ । होम प्याकिङको व्यवस्थालाई भने बन्द गरिएको छैन ।
लगातार ६ दिनयता हङकङमा सयभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन्।
हङकङमा हालसम्म दुई हजार ६३० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भइसकेको छ ।