मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट यूपीकी क्याबिनेट मन्त्रीको मृत्यु

एजेन्सी
साउन १८, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोनाका कारण मृत्यु भएको छ ।

जुलाई १८ मा उनीलाई कोरोना संक्रमित भएको थियो ।  उपचारका लागि पीजीआईमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनीको आइतवार मृत्यु भएको हो। 

मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुर सीटबाट चुनावी मैदानमा उतारेको थियो ।

यो सिटबाट पार्टीका लागि चुनाव जित्ने उनी पहिलो विधायक पनि हुन् । उनी गत वर्ष राज्यको क्याबिनेटमा मन्त्री बनाइएको थियो ।

यो पनि