मंसिर ०७, २०८१, शुक्रबार
               

बोको हरामद्वारा १८ सर्वासाधरणको हत्या

एजेन्सी
साउन १९, २०७७

ADVERTISEMENT

एजेन्सी । क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा सशस्त्र विद्रोही समूह बोको हरामले आक्रमण गरेको छ त्यसमा १८ जना सर्वसाधारणको ज्यान गएको छ ।

लिदु साहेल भन्ने क्षेत्रमा आक्रमण गरेको जनाइएको छ । सो हमलामा परी  कम्तीमा ११ जना सर्वसाधारण नागरिक गम्भीर रुपमा घाइते भएका बताइएको छ ।

बोको हरामका विद्रोहीहरुको ठूलो संख्याले सर्वसाधारणमाथि हमला गरेका थिए ।

त्यस क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले स्थानीय सर्वसाधारणको हत्या गर्नेगरी हमला गरेका हुन् ।

बोको हरामले पश्चिमी अफ्रिकामा  कैयौँ वर्षदेखि ठूलो मात्रामा हमला गर्ने गरेको पाइएको छ ।
 
त्यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अपहरण गर्ने गरेका छन् । पछिल्लो समयमा आएर बोको हरामले आफ्नो अभियानविरुद्ध लागेको भन्दै सर्वसाधारणलाई हातमा लिने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि