मंसिर ०७, २०८१, शुक्रबार
               

दक्षिण कोरियामा बढे संक्रमित

एजेन्सी
साउन २०, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेका छन् । 

यहाँ पछिल्लो २४ घन्टामा ३४ जना संक्रमित थपिएको जनाइएको छ ।

योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका संक्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । 

थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको हो । 

यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा संक्रमितहरु ३४ जना थपिएका दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 

यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना संक्रमित थपिएका थिए। 

यसरी यहाँ थपिएका संक्रमितमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि समाचारमा जनाइएको छ । 

सोमबार थपिएका ३४ मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरु परेका पनि बताइएको छ । 

यहाँ यस संक्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । 

सरकारले पछिल्लो समयमा कोरोना संक्रमितहरुको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको बताइएको छ । 

दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रुपमा रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि