मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वमा कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
साउन २०, २०७७

ADVERTISEMENT

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति संक्रमित भएका छन् । 

संक्रमित मध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । 

यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ । 

युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ४ हजार ६४ को मृत्यु भएको छ । 

एसिया ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ । 

ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि