भारतमा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ ।
बुधबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगेको छ ।
यीमध्ये ६ लाख ४३ हजार ९४८ जना सक्रिय संक्रमित छन् ।
भारतमा अहिलेसम्म १६ लाख ३९ हजार ५९९ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
गत २४ घण्टामा भारतमा ६० हजार ९६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
साथै गएको २४ घण्टामा भारतमा ८३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमणबाट ४६ हजार ९१ जनाको मृत्यु भइसकेको छ ।