मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय उपराष्ट्रपतिलाई कोरोना संक्रमण

एजेन्सी
असोज १४, २०७७

ADVERTISEMENT

भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उपराष्ट्रपति नायडुलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । 

भारतीय उपराष्ट्रपतिको सचिवालयले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको छ । 

सचिवालयको ट्विटमा भनिएको छः ‘भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोरोना परीक्षण गरिएको थियो, नतिजा पोजेटिभ आएको छ । यद्यपि, उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ अहिले स्वस्थ हुनुहुन्छ ।’

साथै उनलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ । 

उनकी श्रीमती उषा नायडुको पनि कोरोना परीक्षण गरिएको थियो, उनको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी पनि अहिले सेल्फ आइसोलेसनमा छिन् ।


कस्तो लाग्यो ?

यो पनि