जम्मु-कस्मिरको पुलवामामा भएको आतंकवादी अक्रमणमा दुई जना भारतीय सेनाको मृत्यु भएको छ ।
सोमबार भएको आक्रमणमा दुई भारतीय सेनाको मृत्यु हुनुका साथै अन्य तीन जना सेना घाइते भएको बताइएको छ ।
कान्धीझलस्थित पाम्पोर क्षेत्रमा सोमबार मध्यान्न १२ बजेर ५० मिनेटमा आक्रमण भएको थियो ।
आतंककारीले सीआरपीएफका ११० बटालिएनमाथि आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गतवर्षको फेब्रुअरी १४ मा पनि आतंककारीले कस्मिरको पुलवामामा आत्मघाती बम बिस्फोट गराउँदा ४० भारतीय सेनाको मृत्यु भएको थियो ।
उक्त आक्रमणको जिम्म जैस–ए मोहम्मद समूहले लिएको थियो । भारतले जैस–ए मोहम्मदलाई पाकिस्तान सरकारको साथ रहेको आरोप लगाउँदै आएको छ ।