मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा घट्दो दरमा कोरोना संक्रमण (तथ्यांकसहित)

एजेन्सी
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा पछिल्लो एक सातायता कोरोना संक्रमण घट्दो दरमा देखिएको छ । 

गत सेप्टेम्बर १९ मा एकैदिन आजसम्मकै उच्च ९७ हजार ८ सय ५९ जनामा कारोना देखिए पनि यो दर कम हुँदै गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सेप्टेम्बर ३० मा ८६ हजार सात सय ४८ जना संक्रमण देखिँदा मंगलबार (अक्टोबर ६) मा भने सो संख्याभन्दा १४ हजार ६ सयभन्दा कम अर्थात ७२ हजार एक सय ६ जनालाई मात्र संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेप्टेम्बर अन्तिमतिर संक्रमणको दर घटबढ भइरहे पनि अक्टोबर १ यता भने निरन्तर घट्दो क्रममा रहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर १ मा भारतमा ८१ हजार ६ सय ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

अक्टोबर २ मा संक्रमित हुनेको संख्या ७९ हजार ९७४ मा झरेको थियो । अक्टोरब ३ मा भारतमा ७५ हजार ४७९ जना संक्रमित भएका थिए ।

४ अक्टोबरमा ७४ हजार सात सय ६७ जना संक्रमित भएका थिए भने अक्टोबर ५ मा भारतमा संक्रमित हुनेको संख्या ५९ हजार ८९३ मा झरेको थियो । 

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ६ अक्टोबरमा भने संक्रमितको संख्या बढेको छ । मंगलबार भारतमा ७२ हजार १०६ जना संक्रमित थपिएका छन् । 

बुधबार विहानसम्म भारतमा कूल ६७ लाख ५४ हजारभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ५७ लाख ४१ हजारभन्दा बढी निको (डिस्चार्ज) भएर घर फर्किसकेका छन् । भारतमा बुधबार विहानसम्म एक लाख चार हजार पाँचसय जनाको ज्यान गए पनि केही संक्रमणको दर भने घट्दो क्रममा छ ।

भारतमा सक्रिय संक्रमित भने १३.७५ प्रतिशत अर्थात नौ लाख १९ हजार २३ जना मात्रै छन् । भारतमा निको हुनेको दर ८४.७० प्रतिशत छ भने मृत्यु दर १.५५ रहेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि