भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिकलाई फिर्ता गरेको छ ।
दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई मंगलबार राति चुसुल-मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ती चिनियाँ सैनिक सोमबार भूलवश सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा क्रस गरेर भारततर्फ लद्दाखको चुमार–डेमचक क्षेत्रमा पुगेका थिए ।