बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिक संक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको छ ।
दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डिडिएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू घोषणा गरेको हो ।
साथै जनवरी १ का दिन पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यू लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायतबाट भारत फर्किएका २० यात्रुमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भइसकेको छ ।