सिरियामा आतंकवादीले थापेको एम्बुसमा परी बसमा सवार २८ जनाको मृत्यु भएको छ ।
बुधबार दिर अल–जोर प्रान्तमा सर्वसाधारण चढेको बस एम्बुसमा परेको हो ।
यस घटनाको जिम्मा अहिलेसम्म कुनै समुहले लिएको छैन ।
यद्यपि बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले यस घटनामा आइएस लडाकुको संलग्नता रहेको दाबी गरेको छ ।
अब्जर्भेटरीका अनुसार यस आक्रमणमा सर्वसाधारण नभएर सेनाहरु मारिएका छन् । ३७ सेनाको मृत्यु भएको जनाइएको छ । तर सेना मारिएको विषयलाई सिरियाले पुष्टि गरेको छैन ।
आइएस सिरिया र इराकमा गतवर्ष नै परास्त भएको घोषणा गरिएको थियो ।
यद्यपी केही क्षेत्रमा आइएस अझै सक्रिय रहेको र उसले दोहोर्याउँदै आक्रमणको घटना गराइरहेको छ ।