मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाको नयाँ स्वरुप : भारतमा फेरि थपिए पाँच संक्रमित

एजेन्सी
पुस १६, २०७७

फाइल फोटो
ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड १९) का नयाँ स्वरुपका संक्रमितहरु भेटिएको बताइएको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । 

योसँगै भारतमा कोभिडका नयाँ संक्रमितको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ ।

उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको छ । 

कोभिड-१९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । 

भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो । 

यसअघि र यो पछिल्लो पटक देखिएका यी संक्रमितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन । 

उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि