मंसिर ०६, २०८१, बिहीबार
               

भारतमा कोरोना संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

एजेन्सी
पुस २२, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । 

मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ ।

भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् ।

दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि