मंसिर ०६, २०८१, बिहीबार
               

ट्रम्पको ट्विटर बन्द भएपछि खुशी हुँदै हिलारीले गरिन् यस्तो ट्विट

एजेन्सी
पुस २६, २०७७

फाइल फोटो
ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट ट्विटरले सँधैको लागि बन्द गरिदिएको छ ।

ट्रम्पका ट्विटहरु अनैतिक र अराजकता निम्त्याउने खालका भएकाले उनको अकाउन्ट बन्द गर्नु परेको ट्विटरले बताएको छ ।

ट्विटरले भनेको छ, ‘हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ ।’

ट्रम्पको ट्विटर बन्द भएपछि डेमोक्रेटिक नेत्री तथा पूर्व फर्स्ट लेडी हिलारी क्लिन्टन खुशी भएकी छिन् ।

यसअघि सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा क्लिन्टन ट्रम्पको प्रतिस्पर्धी थिइन् । उक्त प्रतिस्पर्धामा ट्रम्प विजयी भएका थिए ।

त्यसबेला हिलारी र ट्रम्पको ट्विटरमा घोचपेच चलिरहन्थ्यो । ट्रम्पले क्लिन्टको चर्को शब्दमा आलोचना गर्ने गर्दथे ।

त्यसबेला हिलारी क्लिन्टनले ट्रम्पले ट्विटर चलाउनुको अर्थ छैन् भन्दै ट्रम्पलाई ट्विटर डिलेट गर्न समेत सुझाव दिएकी थिइन् । ट्रम्पले अनैतिक र हावदारी गफ गर्छन् भन्ने हिलारीको तर्क थियो ।

यतिबेला हिलारीले सन् २०१६ मा ट्रम्पलाई ट्विटर डिलेट गर्न भनेको ट्विटलाई रिट्वीट गरेकी छिन् । 

हाल ट्विटरले ट्रम्पको अकाउन्ट (खाता) बन्द गरेपछि उनले त्यसबेलाको आफ्नो भनाइ सही निस्किएको संकेत गरेकी छन् ।

यो पनि