मंसिर ०६, २०८१, बिहीबार
               

म्यानमारमा सैनिक ‘कू’को विरोधमा हजारौँ मानिस सडकमा

एजेन्सी
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । गत सोमबार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन् । मुख्य शहर यां‌गुनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान सुकीको नेशनल लिग फर डिमोक्रेसी दलको रातो झन्डा तथा बेलुनहरू बोकेका थिए । सोमबार सैन्य नेतृत्वले सत्ता कब्जा गरे लगत्तैदेखि नेतृ सूकीको अवस्था अज्ञात छ ।

प्रहरीहरूले  दङ्गा नियन्त्रण गर्न शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन् । एउटा पर्यवेक्षक समूह नेटब्लक्सक इन्टरनेट अब्जरभेटरीका अनुसार म्यान्मारमा अहिले इन्टरनेट लगभग पूर्ण अवरुद्ध पारिएको छ ।

सामान्य समयको तुलनामा त्यहाँ कनेक्टीभिटी केवल १६ प्रतिशतमा झारिएको उसले जनाएको छ । मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुनबाट रोक्न सेनाले ट्विटर तथा इन्स्टाग्राममा पहिले पहुँच रोकिदिएको थियो । फेसबुक त झन् एक दिन अगाडिदेखि नै बन्द गराइएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि