पाकिस्तानको क्वेटामा रहेको होटेल सेरेनामा बम विस्फोट गरिएको छ ।
आक्रमण चिनियाँ राजदूत लक्षित गरी भएको प्रारम्भिक अनुमान गरिएको छ । आक्रमणमा चार जनाको मृत्यु भएको छ । त्यस्तै ११ जना घाइते भएका छन् ।
पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको कार होटेलमा विस्फोट गराएको जानकारी दिएका छन् ।
आक्रमणको समयमा पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङ अर्कै स्थानमा रहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
आक्रमणको जिम्मा पाकिस्तानी तालिवानले जिम्मेवारी लिएको छ ।