भारतको हिमाचल प्रदेशमा अर्को ठूलो पहिरो गएको छ । एउटा पहाडको आधा भाग नै भत्किएको छ ।
अविरल वर्षापछि सिरमाउर जिल्लामा यसैहप्ता भयानक पहिरो गएको हो ।
पहाड नै खस्दा सयौं रुख तथा सडकहरु बगाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यस घटनामा भने मानवीय क्षति नभएको बताइएको छ ।
Terrifying. Landslide in a remote part of Himachal’s Sirmaur district. (Via @manjeet_sehgal/@IndiaToday) pic.twitter.com/GIYgafxxCn
— Shiv Aroor (@ShivAroor) July 30, 2021
यसअघि गतहप्ता पनि हिमाचल प्रदेशमा ठूलो चट्टानी पहिरो आएको थियो ।
किनौर जिल्लाको उक्त पहिरोमा ९ जनाले ज्यान गुमाएका थिए । पहिरोका कारण पुल नै भत्किएको थियो ।