मूल्य स्पष्ट रह्यो भने,
मान्यता आफूमा भयो भने,
थुन्न पर्दैन मुहानहरू,
प्यासी जनताका चाहाहरू,
भाग्दैन कोही अपराधी झैँ,
देशले रगत मागेका बेला,
कुनाकानी हराउने,
छद्मभेषका अभिचार झैँ
बोट आज यसै बुढो
नउम्री आफै कहाँ भयो र ?
जो जहाँ जे गर्दै छ,
नचिनेको नै यहाँ को छ र !
व्याधाले निशाना ताकी
गोली हानेको बेला
छिया छिया छाती आज,
नटालेको कहाँ छ र!
अनि के भन्छौ मूल्यका कुरा,
मान्यता को सँग कहिले हारे,
छ सामर्थ्ये भने अझै देखाऊ
छाती कति घायल छ र !
अवसरको दाइँ खेल्न,
धानकाे रक्षाको नलेऊ नाम,
हालिदिन्छु पराल अलि
माड त्यसलाई बेसरी कन,
निस्केछ अन्न परालबाट भने
पकाउ भात परिकार मेहनत गरी
खाऊ मजाले मिठो
स्वाद लिई लिई कन,
भाँडो चुहेर पक्वान्न
यदि पाकेन भने
दोष लगाऊ अरूलाई
जानी जानी बेसकन।
हार्दिन म निष्ठाको बाजी
तिमी जय गाउ वा गाउ विजय,
संसारमा एउटै मात्र ध्येय हुन्छ,
त्यो केवल मानव जय,
नभए मानवता के हुन्छ ? सुन
देख्यौ आफूलाई मात्र भने,
सक्ने छैनौ संसारमा भेट्न
आज अरू कहाँ को के भए !