मंसिर ०७, २०८१, शुक्रबार
               

उपलब्धिमूलक बन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

रासस
फागुन ०५, २०७६

ADVERTISEMENT

प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’  उपलब्धिमूलक रहेको बताइएको छ ।

    प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।

सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र  करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

 कार्यक्रममा सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५ सय ३५ , सिरहा जिल्लाका २५ विद्यालयका एक हजार ६१६ , धनुषा जिल्लाका ३२ विद्यालयका एक हजार ७ सय ८५ र महोत्तरी जिल्लाका ३१ विद्यालयका एक हजार ८ सय ७० छात्रालाई साइकल वितरण गरिएको छ ।

    त्यस्तै, सर्लाही जिल्लाका ४२ विद्यालयका दुई हजार ४ सय ५७, रौतहट जिल्लाका २८ विद्यालयका एक हजार ४ सय ८, बारा जिल्लाका २६ विद्यालयका एक हजार ६ सय ७५ र पर्सा जिल्लाका २७ विद्यालयका एक हजार  ६ सय ५४ छात्रालाई साइकल वितरण गरिएको छ ।

    ‘छोरी जन्मनुलाई श्राप होइन वरदान’का रूपमा लिनुपर्छ भन्ने भावना वृद्धि गरी जीवन सुरक्षित गर्ने उद्देश्यले सरकारले छोरी बिमाको रकमलाई वृद्धि  गरी तीन लाख पु¥याएको छ । सो अभियानप्रति विभिन्न पालिका उत्साहित भई सरकारद्वारा दिइएको रकममा थप गरी ६ लाख पुर्‍याउने लहर आएको जनाइएको छ ।

    प्रदेश सरकारले गत वर्षको माघ १ गतेपछि जन्मिएका छोरीका लागि छोरी शिक्षा बिमा मुद्दती बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा चार हजार ३ सय ७३ बीमित बालिकाको खातामा रकम जम्मा भइसकेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार  सप्तरी जिल्लाका ६ सय ४७, सिरहा जिल्लाका ३ सय ६२, धनुषा जिल्लाका ७ सय ८१, महोत्तरी जिल्लाका ७ सय ६, सर्लाही जिल्लाका ३ सय ५, रौतहट ७ सय ६०, बारा जिल्लाका ४ सिय ४१ र पर्सा जिल्लाका ३ सय ५१ बीमित बालिकाको खातामा रकम जम्मा भइसकको छ ।

    सोही कार्यक्रमअन्तर्गत ०७६ साउनदेखि कात्तिकसम्म दर्ता भएका तीन हजार बालिकाको खातामा रकम पठाउने अन्तिम तयारीमा रहेको छ । त्यस्तै  सो कार्यक्रम सन्दर्भमा चालु आवको माघ २ देखि माघ २९ गतेसम्म सञ्चालित शिविरमा २० हजार २५ छोरीको बीमाका लागि निवेदन दर्ता भइसकेको जनाइएको छ ।
–––

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि