मंसिर ०७, २०८१, शुक्रबार
               

अफगानिस्तानमा पनि कोरोनाको सङ्क्रमण

रासस
चैत ०१, २०७६

ADVERTISEMENT

अफगानिस्तानमा  व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । शनिबार थप तीनजनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमितको संख्या १० पुगेको बताइएको छ ।

अफगानिस्तानको कपिसा प्रान्त, समानगान र बल्ख प्रान्तहरूमा कोभिड–१९ सङ्क्रमणको घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले जानकारी दिएको छ । 

हाल अफगानिस्तानमा कोरोना सकारात्मक देखिएका यी १० मा सातजना इरानबाट फर्किएका व्यक्तिहरू रहेका जनाइएको छ । यद्यपि, तीन नयाँ कोरोना भाइरस सङ्क्रमितहरू बाहिरबाट आएको हो वा स्थानीय रुपमा सङ्क्रमित भएका हुन तत्काल प्रष्ट नभएको जनाइएको छैन । 

काबुलस्थित  राष्ट्रिय प्रयोगशालामा थप अनुसन्धान भइरहेको जनाइएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि