मंसिर ०७, २०८१, शुक्रबार
               

मोदीको सम्बोधनः बत्ती निभाएर दियो, मैनबत्ती बाल्न सबै नागरिकलाई आग्रह (भिडियो)

एजेन्सी
चैत २१, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन् ।

मोदीले देशवासीको नाममा ११ मिनेट लामो एक भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, कोरोना भाइरसको विरुद्धको लकडाउनमा नागरिकले अनुशासनको परिचय दिएका छन् ।

आउने आइतबार (अप्रिल ५) राति ९ बजे सम्पूर्ण नागरिकलाई उनले ९ मिनेटसम्म घरको बत्ती बन्द गर्न आग्रह गरेको छन् ।

बत्ती निभाएर मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बाल्न उनले सबैमा अनुरोध गरेका छन् ।

मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बलेको अवस्थामा कोही पनि घरबाहिर ननिस्कन र सोशल डिस्टेन्सिङको पालना गर्न मोदीले सबैमा आग्रह गरेका छन् ।

अन्धकारमय कोरोनालाई हराउनको लागि देशमा प्रकाश फैलाउन आवश्यक रहेको उनले बताए ।

मोदीले भनेका छन्, 'आइतबार हामी १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लिएर जानेछौं । आउनुहोस् सबै मिलेर (एकसाथ) कोरोनालाई हराऔं ।'

यस्तो छ मोदीको सम्बोधन:


कस्तो लाग्यो ?

यो पनि