मंसिर ०७, २०८१, शुक्रबार
               

काठ काट्ने चार जना पक्राउ

रासस
बैशाख ०९, २०७७

ADVERTISEMENT

तुलसीपुर । राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ ।  

पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत देवी चौधरीले जानकारी दिइन् । 

मुलुकमा कोभिड–१९ संक्रमणको जोखिम भएका बेला लकडाउनको अवस्थामा चोरी गर्ने क्रम बढेको सहायक वन अधिकृत चौधरीले बताइन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि