मंसिर ०७, २०८१, शुक्रबार
               

यात्रुको विवरण नभएका बस बिचमै रोकिए

रासस
बैशाख १५, २०७७

ADVERTISEMENT

सुर्खेत, नेपालगञ्ज र काठमाडौंबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सातवटा बस दैलेखको रानीमत्तामा रोकिएको छ । ‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ?’ भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

यात्रुको विवरणसहित आएका १७ वटा बस छोडिएको रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज चन्द्रलाल गिरीले बताए। 

नेपालभित्रबाटै आएकालाई नजिकको क्वारेन्टाइनमा बस्नुपर्ने गरी गन्तव्यमा पठाउन सकिने नेपाल सरकारको निर्णय छ, तर यसरी विना विवरण पठाए सबै जना सोझै घरमा पुग्न सक्ने भएकाले यात्रुको नाम, पुग्न चाहेको पालिका र व्यक्तिको मोबाइल नम्बरसमेतको विवरणविना नछोड्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिए। 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि