बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारू गम्भीर घाइते भएका छन् । सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा बाघले आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ ।
उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । लकडाउनका कारण गाउँ तथा शहरबजारमा मानिसकाे आवतजावत कम हुन थालेपछी यसको असर पशुपंक्षीमा पनि देखिन थालेको छ ।