मनाङ । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ ।
कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए ।
उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए ।
जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ ।