मंसिर ०७, २०८१, शुक्रबार
               

ढुङ्गा खसेर एक चिनियाँ नागरिकको मृत्यु, एक जना घाइते

रासस
असार ०४, २०७७

ADVERTISEMENT

लमजुङ । ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत आयोजनामा कार्यरत  एक जनाको मृत्यु र एक घाइते भएका छन् । आयोजनाको क्यामबाट बा २ प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । ढुङ्गाले लडदा ट्रकमा समेत क्षति पुगेको छ ।

त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ घाइते हुँदा बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए । दुवै चिनियाँ नागरिक हरेका छन् । मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ ।

मृतक र घाइते दुवै जनालाई काठमाडौं लैजाने तयारी भएको र शव बेँसीसहरमै परीक्षण गर्नुपर्ने प्रहरीको भनाइ रहेकाले लैजान ढिलो भइरहेको बताइएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि