भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।
सोमबार महाराष्ट्रको भिवान्डीमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन भत्किँदा सो घटना भएको हो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसैगरी, सो भवनमा रहेका पाँच जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा पुप्याइएको थियो ।
सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । उक्त एनडिआरएफका अधिकारीहरुले सोमबार बिहान अबरेसम्म पनि उद्धारको काम जारी रहेको बताएका छन् ।
त्यस भत्किँएको भवनको भग्नावशेषभित्र केही व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम तत्कालै थालिएको बताइएको छ । त्यस भवनमा २० देखि २५ जनासम्म व्यक्ति च्यापिएका थिए ।