एजेन्सी । फुटबल क्लब बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । खेलमा कप्तान लियोनल मेस्सीले दुई गोल गर्न सफल भए।
बिहीबार नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका नयाँ प्रशिक्षक क्विट सेटिन शनिबार भ्यालेन्सियासँग पहिलो हार ब्यहोर्न बाध्य भएका थिए ।
-खेलको चौथो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे ।
-खेलको २८ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले बार्साको तर्फबाट दोस्रो गोल गरे ।
-५९ औं मिनेटमा लियोनल मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
-७७ औं मिनेटमा अर्थरले बार्सिलोनालाई ४–० ले अघि बढाए ।
-खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबको तर्फबाट पाँचौं गोल गरे ।
यससँगै मेस्सीले बार्सिलोनाको जर्सीमा ५ सय गोल पूरा गरेका छन् ।