मंसिर ०६, २०८१, बिहीबार
               

घरेलु मैदानमा सिटीसँग रियल मड्रिड पराजित

एजेन्सी
फागुन १५, २०७६

ADVERTISEMENT

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यान्चेष्टर सिटीसँग रियल मड्रिड पराजित भएको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफूलाई बलियो बनाएको छ ।

रियलले ६० औं मिनेटमा ईस्कोको गोलबाट अग्रता लिएको थियो । ७८ औ मिनेटमा सिटीका ग्याब्रियल जिससले गोल गर्दै खेल बराबरीमा ल्याए । 

खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमार्फत गोल गर्दै सिटीको जित सुनिश्चित गरे । 

८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित भएको थियो ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । 

दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि