एजेन्सी । ब्राजिलका चर्चित फुटबल स्टार रोनाल्डिन्होले आफ्नो ४० औं जन्मदिन जेलमै मनाएका छन् ।
२१ मार्चमा पाराग्वेको जेलमा रोनाल्डिन्होले आफ्नो जन्मदिन मनाएका हुन् ।
पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई पक्राउ गरि जेलमा राखिएको छ ।
उनी १० दिनअघि नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए ।
उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट पक्राउ गरिएको थियो ।
रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए ।
उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम थियो ।
रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन । उनी अझै केही समय जेलमा बस्नु पर्नेछ ।
ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको महत्वपूर्ण भूमिका थियो ।