एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वमिडफिल्डर माराउने फेइलानीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ ।
फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । यसैबीच, चीनमा भने कोरोना भाइरसको प्रभाव कम हुँदै गएको छ ।
यसअघि फुटबल क्लब युभेन्ट्सका ड्यानिएल रुगानी र पाउलो डिबलालाई पनि कोरोना पोजिटिभ देखिएको छ ।