मंसिर ०७, २०८१, शुक्रबार
               

अस्पताललाई मेस्सीको आर्थिक सहयोग

एजेन्सी
चैत १२, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । 

कोरोनाको संक्रमण अहिले स्पेनमा बढ्दै गएको छ । 

मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक मिलियन युरो सहयोग गरेका हुन् । 

मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् । 

ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको बताईएको छ । 

हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोना स्थित आफ्नै घरमा बसेका छन् । 

पछिल्लो समय युरोप कोरोनाको संक्रमणबाट बढी प्रभावित बनेको छ । 

कोरोना भाईरसले स्पेनमा ठूलो क्षति पुर्याएको छ । 

स्पेनमा कोरोनाबाट दुई हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि