एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले जित निकालेको छ ।
कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत मंगलबार राति बायर्नले बोरुसिया डर्टमण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले खेलको ४३ औं मिनेटमा निर्णायक गोल गरे ।
बल पोजिसनमा पदक जमाएको बायर्नले पहिलो हाफमा थप गोलको अवसर सदुपयोग गर्न सकेन ।
डर्टमण्डले समेत खेलमा केही सुनौलो मौका गुमाएको थियो ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ ।
बायर्नको २८ खेलबाट ६४ अंक छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक छ ।