आफ्नो फुटबल करियरमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक लगातार दुई फाइनलमा पराजय ब्यहोरेका छन् ।
बुधबार कोपा इटालियाको फाइनलमा युभेन्टस नापोलीसँग पराजित भयो ।
आफ्नो करियरमा थुप्रै घरेलु र महादेशीय प्रतियोगिताको फाइनलमा पुगेका ३५ वर्षीय पोर्चुगिज खेलाडीले लागतार दुई पटक फाइनल खेल अहिलेसम्म पनि हारेका थिएनन् ।
खेल गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा नापोली विजयी बन्न सफल रह्यो । पेनाल्टीमा पाउलो डिबाला र डानिलो चुकेपछि नापोलीले ४–२ ले खेल आफ्नो पक्षमा पार्यो ।
खेलको पुरै अवधि मैदानमा रहेका रोनाल्डोले गोलका लागि तीनवटा प्रयास गरेका थिए । तर ती सफल हुन सकेन ।
पेनाल्टीमा भने उनले गोल गर्ने अवसर नै पाएनन् । आफ्नो पालो आउनअघि नै नापोलीले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।
गत सिजन लाजियोसँग सुपर कोपा इटालियाना गुमाएको माउरिजियो सारीको टोलीको फाइनलमा लगातार दोस्रो पराजय हो ।
अब शनिबारबाट इटालियन पुनः लिग सुरु हुनेछ । युभेन्टसले आफ्नो पहिलो खेल बोलोग्नाबिरुद्ध जुन २२ मा खेल्नेछ ।g