च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा पोर्चुगलको लिस्बन जानु घि गरेको परीक्षणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई जना खेलाडीमा कोरोना संक्रमण पुस्टी भएको छ ।
बिहीबार जर्मन क्लब लाइपजिगसँग खेल्ने तयारीमा रहेको मड्रिडको कुनकुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने भन्ने खुलाइएको छैन । मड्रिडले ती खेलाडीहरुलाई आइसोलेसनमा पठाएको जनाएको छ ।
'पोर्चुगलको राजधानीमा बसाइ र अभ्यास तालिकाको संरचनालाई परिवर्तन गर्न यसले प्रेरित गरेको छ,' एट्लेटिकोले विज्ञप्तिमा भनेको छ, 'क्लवले युइइएसँग नयाँ योजना र तालिकाका लागि समन्वय गर्नेछ ।'