काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि-२० क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको छ ।
चेन्नईका लागि रुतुराज गाइक्वाडले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, रविन्द्र जडेजाले २३ र डोइन ब्राभोले २६ रन बनाए ।
मुम्बईका लागि ट्रेन्ट बोल्ट, आदम मिलेन र जस्प्रित भुम्राहले समान दुईरदुई विकेट लिए ।