मंसिर ०६, २०८१, बिहीबार
               

चीनको विदेशी मुद्रा सञ्चिती कति?

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्युरोले जनाएको छ।

ब्युरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, 'सन् २०१९ को मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ। यो अप्रिल महिनाको अन्त्यसम्मको तुलनामा ६ अर्ब १० करोड अमेरिकी डलर अर्थात् ०.२ प्रतिशतको वृद्धि हो।'

राष्ट्रिय विदेशी मुद्रा आरक्षण ब्युरोका प्रवक्ता एवं प्रमुख अर्थशास्त्री वाङ छुन यिङले भने, 'विनिमय दर रूपान्तरण र सम्पत्ति मूल्य परिवर्तन आदि कारणले विदेशी मुद्रा आरक्षित मात्रा अलि बढेको छ।'

यस वर्ष चीनको समष्टिगत आर्थिक अवस्था स्थिर भएर राम्रो भएको वाङले बताए। चीनको विदेशी मुद्रा बजारमा आपूर्ति र माग आधारभूत रूपमा सन्तुलित भएको उनको दाबी थियो।

चीनमा पछिल्लो समय प्रमुख च्यानल (स्रोत) को अन्तर्राष्ट्रिय पुँजी प्रवाहको अवस्था स्थिर कायम भएको र विदेशी मुद्रा सञ्चयको मात्रा सामान्य वृद्धि भएको ब्युरोको दाबी छ।


कस्तो लाग्यो ?

यो पनि