लामो राजनीतिक अस्थिरता तथा द्वन्द्वपछि बनेको दुई तिहाइको सरकार देशमा आर्थिक स्वतन्त्रता सुनिश्चित गर्न असफल भएको छ ।
फ्रेजर इन्स्टिच्युटद्वारा प्रकाशिशत इकोनोमिक फ्रिडम अफ द वर्ल्ड २०१९ को प्रतिवेदनको आर्थिक स्वतन्त्रता सूचकांकाका अनुसार नेपालमा गत वर्ष अर्थात् २०१८ मा भन्दा २ स्थान तल खस्केको हो ।
प्रतिवेदनमा समाविष्ट १६२ मुलुकमध्ये नेपाल २०१८ मा १०८औं स्थानमा थियो भने २०१९ को सूचकांकमा दुई स्थान खस्केर २१०औं स्थानमा झरेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको हो ।
सूचकांकमा नेपाल तेस्रो समूहमा पर्छ ।