मंसिर ०६, २०८१, बिहीबार
               

रूपज्योति र छोरी सूरूची ज्योति हाजिर जमानीमा छुट्ने

नेपाल फ्ल्यास
कात्तिक २९, २०७६

ADVERTISEMENT

काठमाडौः काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूपज्योति उनकी छोरी सूरूची ज्योतिलाई हाजिर जमानीमा छोड्न प्रहरीलाई भनेको छ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्दा नचलाउने निर्णय गरेर थुनामा रहेका रूपज्योति तथा उनकी छोरीलाई थुनामुक्त गर्न प्रहरीलाई पठाइएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले बताए।

'मुद्दा नचलाउने निर्णय भएको छ। त्यसको निर्णय निकासाका लागि उच्चमा पठाउने र थुनामा रहेका प्रतिवादीलाई हाजिर जमानीमा छोड्न प्रहरीलाई लेखी पठाउने निर्णय भएको छ,' उनले भने।

के थियो पक्राउ प्रकरण ?

नेपालको एक प्रतिष्ठित व्यापारिक घराना हो ज्योति ग्रुप । यो घराना नेपालमा सभ्य र स्वस्थ रूपमा बजारमा प्रतिस्पर्धी रूपमा कायम छ । नेपाली व्यापारी तथा व्यवसायीमध्ये तुलनात्मक रूपमा सबैभन्दा इमान र जमान भएको घराना हो ज्योति ग्रुप ।

त्यो ग्रुपमा अगुवा रूपज्योति अहिले प्रहरी हिरासतमा छन् । उनलाई अपार्टमेन्ट सम्बन्धी एउटा लेनदेन मुद्दामा थुनिएको छ ।

बालकृष्ण ढुङ्गेलजस्ता अदालतबाट हत्या अभियोगमा सजाय पाएकाहरू खुलेआम बाहिर छन् । हिन्दु अगुवा काशी तिवारीको हत्यामा मुछिएका प्रभु साहलाई मुद्दा नचलाई सरकारी वकिलको कार्यालयले छोडेको खुलासा पूर्व डिआइजी रमेश खरेलले गरिसकेका छन् । मधेस आन्दोलनमा ज्यादती भएको आरोपमा सरकारकै कतिपय मन्त्रीहरूमाथि प्रश्न उठिरहेको छ । तर लेनदेन मुद्दामा रूप ज्योतिलाई विदेशबाट फर्कने बित्तिकै पक्राउ गरियो ।
कतिपयले यसलाई राजनीतिक प्रतिशोधका रूपमा हेरेका छन् । कुनै बेला रूपज्योतिलाई राजा ज्ञानेन्द्रले मन्त्री बनाएका थिए । गणतान्त्रिक मुलुकमा त्यसको प्रतिशोध साधिएको टिप्पणी गर्नेहरू पनि छन् । कतिपयले उपनिर्वाचनको मुखमा रूपज्योतिलाई थुनेर अरू व्यापारीहरूसँग चन्दा असुल्न खोजिएको तर्क पनि गरेका छन् ।

उता रूपज्योतिले भने लेनदेन मुद्दामा आफू र आफ्नो सिङ्गो परिवारलाई बदनाम गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।

शालीन र उदार व्यक्तित्व भएका रूपज्योतिले आफ्नो पारिवारिक घरानालाई नै बदनाम गर्न खोजेको भन्दै त्यसप्रति चिन्ता जनाएका हुन् । सो प्रकरणमा रुपज्योतिसँगै उनकी छोरी सुरुचिलाई पनि पक्राउ गरिएको होब ।

रूपज्योतिले पक्राउ पर्दासमेत आफूलाई ढाँट्न सकेनन् । उनलाई बिरामी भएको बहानामा सुविधा सम्पन्न अस्पतालमा बस्ने सुविधा उपलब्ध हुने थियो । तर आफू स्वस्थ रहेको भन्दै उनले सो सुविधा उपभोग गर्न चाहेका थिएनन् ।

विपश्यना आचार्यसमेत रहेका रूपज्योतिले विपश्यनाको साधक भएकोले झुटो नबोल्ने बताउँदै स्वस्थ हुँदाहुँदै आफूलाई बिरामी भन्न नसक्ने भन्दै अस्पतालको बास भन्दा प्रहरी हिरासत रोजेका थिए ।


कस्तो लाग्यो ?

यो पनि