मंसिर ०६, २०८१, बिहीबार
               

कति पुग्यो लसुनको मूल्य ?

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ ।

गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।

पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि भएको हो ।

चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट आयात गर्दै आएका छन् ।

नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि