काठमाडौं । नेपाल व्यवस्थापन संघको १९औं प्रबन्ध समितिमा १७ जना कार्यकारी सदस्य निर्वाचित भएका छन् ।
कार्यकारी सदस्यहरुको लागि गत माघ २४ गते निर्वाचन भएको थियो ।
नयाँ पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई संघका निवर्तमान सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टको उपस्थितिमा निर्वाचन समितिका पदाधिकारीबाट पद तथा गोपनीयताको शपथ खुवाइएको थियो ।
माघ २७ गते भएको दोस्रो चरणअन्तर्गत पदाधिकारी (कार्य समिति) हरुको निर्वाचनमा देहाय बमोजिमका कार्यकारी सदस्य चयन भएका छन्ः
कार्य समितिमा पाँच पदका लागि निर्वाचन भएकोमा सभापति, प्रथम उपसभापति र कोषाध्यक्षमा क्रमशः व्यक्तिगततर्फबाट सभापतिमा किरणकुमार श्रेष्ठ (प्रमुखकार्यकारी अधिकृत–राष्ट्रिय वाणिज्य बैंक लिमिटेड) संस्थागत सदस्यका तर्फबाट प्रथम उपसभापतिमा नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र र कोषाध्यक्षमा व्यक्तिगत तर्फबाट अनु जोशी निर्विरोध निर्वाचित भएका हुन् ।
द्वितीय उपसभापतिमा व्यक्तिगत तर्फबाट सुमन पोखरेल (प्रमुख कार्यकारी अधिकृत–आइएमई लिमिटेड) र महासचिवमा व्यक्तिगत तर्फबाट कार्यकारी सदस्यमा प्रतिनिधित्व गर्ने धर्मानन्द अवस्थी विजयी भए ।
त्यसै गरी कार्यकारी सदस्यहरुमा संस्थागत सदस्यबाट प्रतिनिधित्व गर्नेमा तुलसी प्रसाद गौतम (प्रशासक– कर्मचारी सञ्चयकोष), रमण नेपाल (कार्यकारी निर्देशक–नागरिक लगानी कोष), कवि प्रसाद पाठक (प्रमुख कार्यकारी अधिकृत– राष्ट्रिय बीमा संस्थान), कविराज अधिकारी (सहायक प्रमुख कार्यकारी अधिकृत–राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), सुुरेन्द्रकुमार गोयल (प्रमुख कार्यकारी अधिकृत–शिवम् सिमेन्ट लिमिटेड), व्यक्तिगत तर्फबाट आशा राणा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, मिलन गुरुङ, सुजन कुमार आचार्य, हेमाकुमारी अधिकारी, मोहन राजओझा र मनिष झा निर्वाचित भएका छन् ।