मंसिर ०६, २०८१, बिहीबार
               

अब उपभोक्ताले पाउँछन् भ्याट फिर्ता

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । सर्वसाधारण उपभोक्ताले पनि अबदेखि मूल्य अभिवृद्धि कर अर्थात् भ्याट फिर्ता पाउने भएका छन् ।

भ्याटको १० प्रतिशतका रकम उपभोक्ताले फिर्ता पाउने भएका हुन् । 

भ्याट लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो वस्तुको मूल्य ई–पेमेन्टबाट मार्फत भुक्तानी गरेमात्र भ्याट फिर्ता पाइने छ ।

अबदेखि भ्याट रकमको १० प्रतिशत उपभोक्ताकै बैङ्क खातामा जाने छ । उपभोक्ताले एक हजारको बस्तु तथा सेवा खरिद गर्दा १३ रुपैयाँ फिर्ता पाउने छन् । 

एक हजार रुपैयाँको भ्याट १३ प्रतिशतले १३० रुपैयाँ हुन आउँछ । त्यसको १० प्रतिशत अर्थात् १३ रुपैयाँ उपभोक्ताको खातामा जाने हो ।

यो योजना मङ्गलवारदेखि कार्यान्वयनमा आएको हो । राजधानीमा मङ्गलवार एक कार्यक्रमबीच अर्थमन्त्री डा. युवराज खतिवडाले भ्याट फिर्ताको सुरुवात गरेका हुन् ।

उपभोक्तालाई ई–पेमेन्टमा प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको मन्त्री खतिवडाले बताएका छन् । उनले यसबाट राजस्व सङ्कलन बृद्धि हुने दाबीसमेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि