मंसिर ०७, २०८१, शुक्रबार
               

दुई करोडसम्म ऋण लिन कर चुक्ताको प्रमाण पत्र पेश गर्नु नपर्ने

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

२ करोड रुपैयाँसम्म ऋण लिन चाहनेले अब कर चुक्ताको प्रमाण पत्र पेश गर्न नपर्ने भएको छ । 

बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरी दुई करोडसम्म ऋण लिन कर चुक्ताको प्रमाणपत्र पेस नगर्न नपर्ने भनेसँगै यस्तो व्यवस्था कार्यान्वयन हुन लागेको हो । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवुकमार ढकालले ५० लाख रुपैयाँसम्म ऋण लिनका लागि कर तिरेको प्रमाण अनिवार्य गरिएको नगरिएको बताए ।

तर, उनले ५० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म ऋण लिनका लागि भने कर तिरेको प्रमाण बैंकमा पेश गर्नु पर्ने बताए । ‘२ करोड भन्दा पनि माथि ऋण लिन चाहनेले भने कर तिरेको प्रमाणमात्रै नभएर करचुक्ताको प्रमाणपत्र नै पेश गर्नुपर्छ,’ ढकालले भने, ‘कर तिरे पनि करचुक्ताको प्रमाण नै लिइएको हुँदैन, कर त तिर्नु त पर्याो, तर ५० लाखदेखि २ करोडसम्म लिनेले करचुक्ताको प्रमाण पत्र नै पेश गर्नु पर्दैन ।’तर, उनले २ करोड रुपैयाँ माथिका लागि भने कर चुक्ताको प्रमाणपत्र नै अनिवार्य रहेको बताए । 

यसअघि  राष्ट्र बैंकले ऋण लिन आउनेहरुका लागि कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको थियो । 

यो पनि