मंसिर ०७, २०८१, शुक्रबार
               

दुई लाख घुससहित वन कार्यालय प्रमुख पक्राउ

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । घुस लिएको आरोपमा डिभिजन वन कार्यालयकी प्रमुख पक्राउ परेकी छन् ।

भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको हो ।

घुस लिएर दोलखाबाट काठमाडौं जाँदै गरेको सूचनाको आधारमा कार्यालय दोलखाकी प्रमुख श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिएको दुई लाख पाँच हजार रुपैयाँसहित पक्राउ गरेको अख्तियारका एक कर्मचारीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि