मंसिर ०७, २०८१, शुक्रबार
               

प्राइम र कैलाश विकास बैंक मर्जपछि एकीकृत कारोबार सुरु

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्तिपछि एकीकृत कारोबार सुरु भएको छ ।
समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कैलाश विकास बैंकलाई प्राप्तिपश्चात् एकीकृत कारोबारको
शुभारम्भ गरे । 

प्राइम कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति थियो । प्राप्तिपश्चात् बैंकको कुल शाखा संख्या २ सय पुगेको छ ।

बैंकले विभिन्न वित्तीय संस्थाहरूलाई प्राप्ति गरी आफ्नो पुँजी वृद्धि गर्ने योजनाअन्तर्गत कैलाश विकास बैंकलाई प्राप्ति गरिएको बैंकले जनाएको छ । 

प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्तिपछि एकीकृत कारोबार सुरु भएसँगै बैंकको चुक्तापुँजी १३ अर्ब ९८ करोड पुगेको छ भने निक्षेप करिब १३० अर्ब रुपैयाँ तथा कर्जा लगानी ११४ अर्ब रुपैयाँ पुगेको छ । 

 प्रमुख आर्थिक गतिविधिहरू हुने स्थानहरूका अतिरिक्त शाखा सञ्जाल देशव्यापी बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बताए ।

 


 


कस्तो लाग्यो ?

यो पनि