कालोबजारी बढेपछि सरकारले अनुगमन तिब्र बनाएकाे छ । कालोबजारीका लागि मास्क लुकाएकाे सूचनाका आधारमा प्रहरीले आइतबार छापा मार्दा लाखौ मास्क बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।
अनुगमनकाे क्रममा आइतबार दिउँसो प्रहरीले करिब साढे ९ लाख बढि मास्क नियन्त्रणमा लिएको छ । चीनबाट नेपाल ल्याएर कालोबजारी गर्न लुकाएर राखेको विशेष सुचनाका आधारमा प्रहरीले कपन र सतुङ्गलमा छापा मारेको थियो ।
आरडीपी इन्टरपाइजेजको दुई वटा गोदामबाट उक्त मास्क प्रहरीले बरामद गरेकाे हो । भारतीय नागरिक सुरज गोयल र सुवास महेश्वरीको नाममा रहेको उक्त आरडीपी इन्टरप्राइजेजमा कालोबजारीका लागि राखिएकाे मास्क प्रहरीले बरामद गरेकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले जानकारी दिए ।