मंसिर ०७, २०८१, शुक्रबार
               

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा डिम्याट खाता निःशुल्क

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

मुक्तिनाथ विकास ब्यांकले नयाँ बचत खाता खोल्दा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।

ब्यांकले निक्षेपकर्ताहरूको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन नवीनतम सुविधा प्रदान गरिएको जनाएको हो।

योजनाअनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा ब्यांकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था मिलाएको जनाएको हो।

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वयं उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत ब्यांकले जनाएको छ ।

भौतिक शेयर प्रमाणपत्रलाई अभौतीकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतीकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रविधिमा आधारित रही मोबाइल ब्यांकिङ, क्युआर पेमेन्ट, एटीएम, अनलाइन ब्यांकिङ, आस्वा सेवा लगायत सेवा पनि प्रदान गर्दै आइरहेको ब्यांकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।


कस्तो लाग्यो ?

यो पनि